बिहीबार, जेष्ठ ३१, २०८१

कृष्ण संस्कृतका पूर्व विद्यार्थीले स्थापना गरे अक्षयकोष

  
कर्णाली टाइम्स शुक्रबार, बैशाख २२, २०८०


सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा रहेको कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले अक्षयकोष स्थापना गरेका छन्। शुक्रबार विद्यालयको ६५ औं बार्षिकोत्सवका अवसरमा पूर्व विद्यार्थीहरुले अक्षयकोष स्थापना गरेका हुन्।
शैक्षिक बर्ष २०५५ र ०५६ मा उक्त विद्यालयमार्फत एसएलसी उत्तिर्ण गरेका विद्यार्थीहरुले मिलेर एक लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका हुन्।
विद्यालयमा पढ्न आउने गरिब, अपांगता भएका, जेहनदार छात्रछात्रालाई शैक्षिक छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो। कोषमा जम्मा भएको रकमबाट प्राप्त हुने मुनाफा रकमबाट यस्ता छात्र तथा छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिनेछ।
तत्काल एक लाख रुपैयाँ जम्मा गरिएपनि आगामी बर्ष अक्षय कोषमा २ लाख रुपैयाँ जम्मा गरिने विद्यालयका पूर्व विद्यार्थी एवम् विद्यालय निरीक्षक डम्बर कुमारी रोकायाले बताईन्। गरिबीका कारण विद्यालयमा शुल्क समेत तिर्न नसक्ने अवस्था आएका विद्यार्थीलाई अक्षयकोषबाट थोरै भएपनि राहत मिल्ने अपेक्षा गरिएको उनले बताईन्।