बिहीबार, बैशाख २०, २०८१

पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

  
कर्णाली टाइम्स बुधबार, जेष्ठ १७, २०८०


सुर्खेत। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिएका छन्।
प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा छन्। उनी जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ।
दाहालले आफू विदेशमा रहुन्जेलका लागि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई दिएका हुन्।
प्रधानमन्त्री स्वदेश नआउँदासम्म खड्काले दैनिक प्रशासनिक कामहरू सम्हाल्नेछन्। दाहाल नेतृत्वको अहिलेको सरकारमा नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका खड्का दोस्रो वरीयतामा छन्।