बुधबार, मंसिर १३, २०८०

आर्जु राइसद्वारा १० हजार केजी चामल प्रदान

  
कर्णाली टाइम्स बुधबार, कार्तिक २२, २०८०

जाजरकोट/आर्जु राइस मिलले जाजरकोट र रुकुमका भूकम्प प्रभावितलाई चामल वितरण गरेको छ । मिलले बुधबार जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई ५ सय बोरा (१० हजार केजी) लङ ग्रेन चामल हस्तान्तरण गरेको हो । कम्पनीको तर्फबाट जाजरकोट पुगेका प्रतिनिधि नरबहादुर बस्नेतले विपतमा परेका जनतालाई तत्कालको लागि राहत स्वरुप चामल वितरण गरिएको बताए । ‘तत्कालको आवश्यकता हेरेर हामीले कम्पनीको तर्फबाट चामल सहयोग गरेका छौं, आवश्यकता अनुसार अन्य राहत सहयोग पनि उपलव्ध गरिनेछ,’ उनले भने ।