शनिबार, कार्तिक १०, २०८१

भेरी नदीमा बेपत्ता भएका दुई जनाको शव फेला

  
कर्णाली टाइम्स आइतवार, असार ३, २०८१


सुर्खेत। पौडी खेल्नेक्रममा भेरी नदीमा बेपत्ता भएको दुई जनाको शव फेला परेको छ। आइतबार दिउँसो सुर्खेतको वीरेन्द्रनगर–७ का भूपेन्द्र केसी र विनोद केसीको शव भेरी नदीमा फेला परेको हो।
शनिबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ चोक्टेस्थित भेरी नदीमा उनीहरु पौडी खेल्न गएका थिए। उनीहरु दुवैजना शनिबार देखि नै बेपत्ता भएका थिए।
आइतबार उनीहरुको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकालेको हो। उनीहरुको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेशबहादुर थापाको कमाण्डमा १० जनाको गोताखोर टोली नदीमा खटिएको थियो।
प्रहरीका अनुसार भूपेन्द्रको शव १२ः३५ बजे फेला परेको हो। विनोदको शव १२ः ४० बजे फेला परेको हो। दुवै जनाको शव नदीको ३० फिट गहिराईमा भेटिएको प्रहरीले जनाएको छ।