शुक्रबार, कार्तिक ९, २०८१

पहिरोले घर भत्किँदा एक बालकको मृत्यु

  
कर्णाली टाइम्स सोमवार, असार १८, २०८१


सुर्खेत। पहिरोले घर भत्किँदा जाजरकोटमा एक जना बालकको मृत्यु भएको छ। भेरी नगरपालिका–५ ईब्राका ६ बर्षीय बालक प्रिन्स विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
सोमबार बिहान घर पछाडिबाट खसेको पहिरोले घर भत्किएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रिन्सका बुवा रमेश विक घाईते भएका छन्। घरमा ६ जनाको परिवार रहेको र अरु सकुशल रहेका छन्।
सोमबार बिहान साढे ५ बजे पहिरोले घर भत्किएको हो।
मृतकको पोष्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोटमा लगिएको छ। घाईतेलाई पनि उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ।