सुर्खेत। धुवाँमा निसास्सिएर जुम्लामा दुई दिदीबहिनीको मृत्यु भएको छ। सुत्केरीलाई न्यानो पार्न बालिएको कोईलाको धुवाँले निसास्सिएर पातारासी गाउँपालिका–६ बाँता गाउँकी २२ बर्षीया मायालक्ष्मी महतारा र उनकी १९ बर्षीया बहिनी जुनमाया महताराको मृत्यु भएको हो।
मायालक्ष्मी ११ दिनकी सुत्केरी थिईन्। सुत्केरी स्याहारका लागि जुनमाया दिदी बस्ने घरमा गएकी थिईन्। मायालक्ष्मी सदरमुकाम रहेको चन्दननाथ नगरपालिका–५ कालेखोलीमा बस्दै आएकी थिईन्। आइतबार राति धुवाँमा निसास्सिएर बेहोस भएका उनीहरुलाई सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो।
प्रतिष्ठानले मायालक्ष्मीलाई सोमबार नै मृत घोषणा गरेको थियो। उनकी बहिनी जुनमायाको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। कोईला बालेको र झ्याल बन्द गर्दा भेन्टिलेटर नपुगेपछि उनीहरुको मृत्यु भएको प्रहरीले जनाएका्े छ।
उनका अनुसार मायालक्ष्मीको ११ दिनको बच्चा पनि बिरामी परेका छन्। बच्चालाई कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानमै एनआईसीयूमा राखेर उपचार भईरहेको छ।
सोमबार बिहान अबेरसम्म दुवै दिदीबहिनी नउठेपछि आफन्तले ढोका फोरेर हेर्दा उनीहरु निसास्सिएको अवस्थामा भेटिएका थिए।
कर्णाली टाइम्स
मंगलबार, साउन ८, २०८१