सोमवार, जेष्ठ ६, २०८२

कर्णालीसहित तीन प्रदेशमा नयाँ प्रमुख सिफारिस

  
कर्णाली टाइम्स मंगलबार, साउन १५, २०८१


सुर्खेत। कर्णाली प्रदेशसहित तीन वटा प्रदेशका प्रमुख फेरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्न सिफारिस गरेको हो।
संविधानको धारा १६५ (१) बमोजिम बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिएको हो।
मन्त्रिपरिषदको सोमबार बैठकले तीनै प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ। बागमती प्रदेश प्रमुखमा दीपकप्रसाद देवकोटा र लुम्बिनी प्रदेश प्रमुखमा श्रीकृष्ण बहादुर घर्ती मगर सिफारिस भएका छन्। त्यस्तै कर्णाली प्रदेशमा यज्ञराज जोसी सिफारिस भएका छन्।