आइतवार, भदौ २३, २०८१

कर्णाली प्रदेश सरकारले तीन दिन स्थापना दिवस मनाउँदै

  
कर्णाली टाइम्स सोमवार, भदौ ३, २०८१


सुर्खेत। कर्णाली प्रदेश सरकारले तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउन थालेको छ। साउन २८ गते बसेको मुख्यमन्त्री यामलाल कँडेलेको अध्यक्षतामा बसेको बैठकबाट भदौ ३, ४ र ५ गतेलाई प्रदेश स्थापना तथा प्रदेश स्थापनार्थ सहिद दिवसका रुपमा मनाउने निर्णय गरेको हो।
स्थापना दिवसका अवसरमा तीन दिनसम्म प्रदेशस्थित सबै सरकारी, सर्वाजनिक एवम् सामुदायिक संघसंस्थाका कार्यालयहरुको भित्री तथा बाह्य परिसर सरसफाई गर्न, आम सर्वसाधारणले आफ्नो घर, आँगन, टोल सरसफाई गर्न प्रदेश सरकारले आह्वान गरेको छ।
तीनै दिन प्रदेशका सबै जिल्ला तथा स्थानीय तहमा विविध कार्यक्रम गरी मनाउन पनि प्रदेश सरकारले आह्वान गरेको छ।
सोमबार बेलुका साढे ६ बजे वीरेन्द्रनगरस्थित सहिद पार्कमा दीप प्रज्वलन गर्ने तय गरिएको छ। सोमबार र मंगलबार खेलकुद प्रतियोगिता तथा रक्तदान शिविर सञ्चालन गर्ने तय भएको छ।
मंगलबार प्रभातफेरि तथा सभा, मानवसेवा आश्रममा फलफूल वितरण, सरकारी, सार्वजनिक तथा सामुदायिक संघसंस्थाका कार्यालयहरुमा दीप प्रज्वलन गर्ने तय गरिएको छ।
अन्तिम दिन बुधबार वीरेन्द्रनगरस्थित विभिन्न स्थानमा वृक्षारोपण गर्ने तय गरिएको छ।