बुधबार, बैशाख १०, २०८२

सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका देवकी तिमल्सिना निर्वाचित

  
कर्णाली टाइम्स मंगलबार, मंसिर १८, २०८१


सुर्खेत। हुम्लाको सर्केगाड गाउँपालिको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका देवकी तिमल्सिना विजयी भएकी छन्।

आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणामअनुसार तिमल्सिना १ हजार ६३६ मत ल्याएर विजयी भएकी हुन्।

सोमबार सकिएको मत परिणामअनुसार निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सविता बुढाले १ हजार ५९४ मत पाएकी छन्।

एमालेबाट उम्मेदवार जाना शाहीले १ हजार १३२ मत पाएकी छन्।

यस्तै राप्रपाका उम्मेदवार संगीता शाहीले ५१, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बाँचा बुढाले २५, स्वतन्त्र उम्मेदवार नरेश शाहीले ९ मत ल्याएका छन्।

यसअघि कांग्रेस र माओवादीबीच गठबन्धन गरी चुनाव लड्दा सर्केगाडको उपाध्यक्षमा माओवादी उम्मेदवार निर्वाचित भएका थिए।