सुर्खेत। प्रेस चौतारी नेपालको कर्णाली प्रदेश अध्यक्षमा प्रेमराज सिमखडा चयन भएका छन्। प्रदेश समितिको दोस्रो अधिवेशनबाट सिमखडा सर्वसम्मत अध्यक्ष चयन भएका हुन्।
सिमखडाको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।
उपाध्यक्ष खुलामा हिक्मत सुनार, महिलातर्फ उपाध्यक्षमा सीता वली, महासचिवमा ओम शाही, कोषाध्यक्षमा गीता थापा चयन भएका छन्।
जगतदल जनाला विक, नौरते नेपाली, कमल बुढा, झक्कुप्रसाद शर्मा, कालिबहादुर बुढा र सुरेश परियार समितिको सचिवमा चयन भएका छन्।
गुट्टु न्यौपाने, खगेन्द्र शाही, रमिला बस्नेत, पदमराज हमाल, विनोद कँडेल, देविसरा बस्नेत, यसकुमार चपाईं, सरोज थापा, जयराम चौलागाई, भगेन्द्र विक, छत्र रोकामगर, गोकर्ण सञ्ज्याल, विष्णुकुमारी जैसी, कमलप्रसाद भट्टराई, ललित परियार, जगतबाबु अधिकारी, किरण अधिकारी, तिलक रिजाल, नोखीराम थापा र भगवती उपाध्याय सदस्य चयन भएका छन्।