बुधबार, बैशाख १०, २०८२

सुक्खा पहिरो जाँदा जाजरकोटमा चार जना घाईते

  
कर्णाली टाइम्स आइतवार, फागुन ११, २०८१


सुर्खेत। जाजरकोटमा सुक्खा पहिरोमा परि चार जना घाईते भएका छन्। आइतबार नलगाड नगरपालिका–१० ध्यारगाउँमा सुक्खा पहिरो खस्दा चार जना घाईते भएका हुन्।

सडक छेउमा गिट्टी कुटिरहेका चार जना पहिरोमा परि घाईते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटको सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाले जानकारी दिए।

घाईते हुनेहरुमा ध्यारगाउँका ५० बर्षीया कलधरी नेपाली, ४५ बर्षीया डम्मरी कुमारी बोहरा, ४५ बर्षीया लालसरी नेपाली, ३० बर्षीया कमला विक रहेका छन्। घाईतेहरुको नगर अस्पताल दल्लीमा उपचार भईरहेको तिमिल्सेनाले जानकारी दिए।

उनीहरु विश्व खाद्य परियोजनाको सहयोगमा निर्माणाधीन खानेपानी योजनाका लागि गिट्टी कुटिरहेको अवस्थामा एक्कासी खसेको पहिरोमा परेको उनले जानकारी दिए।