बुधबार, बैशाख १०, २०८२

यी हुन् कर्णाली प्रदेशको मन्त्रिपरिषदले गरेका निर्णय

  
कर्णाली टाइम्स बुधबार, फागुन १४, २०८१


सुर्खेत। कर्णाली प्रदेशको मंगलबार बसेको मन्त्रिपरिषदको वैठकले विभिन्न नौ वटा निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता एवम कृषिमन्त्री विनोदकुमार शाहका अनुसार ‘मुख्यमन्त्री डिजिटल शिक्षा तथा नमुना विद्यालय कार्यक्रम’ सञ्चालनका लागि स्थानीय तहमा बजेट पठाउने निर्णय मन्त्रिपरिषदबाट गरिएको छ।

कार्यक्रमअन्तर्गत यसअघि छनोट भएका १३ विद्यालयमा ७० लाख रुपैयाँका दरले बजेट पठाउने निर्णय मन्त्रिपरिषद वैठकबाट गरिएको मन्त्री शाहले जानकारी दिए।

मानवअधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको तर्जुमा गर्न स्वीकृति प्रदान गर्ने, घर बीमा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गर्ने, आयोजना प्रस्ताव तथा छनोट प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गर्ने, आयोजनाको बहुवर्षीय ठेक्का सहमति निर्देशिका, २०८१ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषदबाट गरिएको छ।

यस्तै, कृषि तथा पशुपन्छी विकास कार्यक्रम सञ्चालन निर्देशिका स्वीकृत गरिएको छ भने १० बर्षे कृषि विकास रणनीति पारित गरिएको छ।

कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) दोस्रो संशोधन कार्यविधि स्वीकृत गर्ने र नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम कार्यविधि स्वीकृत गर्ने निर्णय मंगलबारको मन्त्रिपरिषद वैठकबाट गरिएको छ।