कर्णाली टाइम्स
बिहीबार, फागुन १५, २०८१
सुर्खेत। बिहीबार दिउँसो सुर्खेतमा भएको गाडी दुर्घटनामा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ।
दैलेखको दुल्लुबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४१९ नम्बरको फोर्स गाडी वीरेन्द्रनगर नजिक कर्णाली राजमार्गमा दुर्घटना हुँदा घाइते भएकी सुर्खेतको बराहताल गाउँपालिका–५ की २८ बर्षीया भावना लामिछानेको मृत्यु भएको हो।
उनको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
कर्णाली राजमार्गको सुर्खेत खण्डस्थित वीरेन्द्रनगर–२ घोडालोटेमा उक्त गाडी दुर्घटनामा परेको थियो।