मंगलबार, जेष्ठ ७, २०८२

राउटे मुखिया सूर्यनारायण शाहीको मृत्यु

  
कर्णाली टाइम्स मंगलबार, बैशाख १६, २०८२


सुर्खेत। राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ। उनको सोमबार राति साढे नौ बजेतिर मृत्यु भएको राउटे समुदायसँग काम गर्दै आएको सोसेक नेपालका शिक्षक लालबहादुर खत्रीले जानकारी दिए।

जंगलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायका तीन जना मुखिया हुन्छन्। राउटे समुदायमा तीन गोत्र छन्। तीन गोत्रमध्ये उनी कल्याल गोत्रबाट मुखिया भएका हुन्। सूर्यनारायण २०७२ जेठमा मुखिया बनेका थिए।

राउटे समुदाय अहिले दुई ठाउँमा छुट्टिएर बस्दै आएको छ। उनी एउटा समूहको नेतृत्व गर्दै बराहताल गाउँपालिका–८ सुर्खेतको सोतखोलामा बस्दै आएका छन्। अर्को समूह भने दुई मुखियासहित वीरेन्द्रनगर–१३ को करेखोलामा बस्दै आएको छ। अब राउटेको संख्या घटेर १३५ पुगेको छ।