शनिबार, कार्तिक १०, २०८१

कोरोना त्रासका कारण सामान्य पुजा गरेर बुद्ध जयन्ति मनाइयो

  
कर्णाली टाइम्स बिहीबार, बैशाख २५, २०७७

सुर्खेत । शान्तीका अग्रदुत गौतम बुद्धको आज २६४४च औं बुद्ध जयन्ति । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले जारी गरेको लकडाउनका कारण यहाँका बौद्ध धर्मावालम्बीहरुले पुजापाठ गर्न पाएका छैनन् । उनीहरुले अन्य वर्षहरुमा आजकै दिन वीरेन्द्रनगर–९ लाटीकोईलीस्थित बौद्ध गुम्बा र जिल्ला ट्राफिक कार्यालय भित्र रुखमा बाँधिएको बुद्धको मर्तिमा गएर पुजापाठ गर्थे ।
लकडाउनको प्रभावका ाकरण यहाँका बौद्ध धर्मालम्बीहरुले वीरेन्द्रनगर ९ लाटीकोइली स्थित पेमा साङे छोयलिङ गुम्बामा सामान्य पुजा आजा गरि बुद्ध जयन्ति मनाइएको छ ।

गुम्बामा लामा गुरु तुन्डुप रिम्पोछेले सामान्य पुजा गरेको गुम्बा व्यवस्थान समितिका सचिव लोकजंग रोकायले जानकारी दिए । रोकायाका अनुसार विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको कारण यसपटकको बुद्ध जयन्ति धुमधाम नगरिएको हो । ‘सामान्य पुजामा पनि सामाजिक दुरी कायम गर्दै सहभागी भएर बुद्ध जयन्ति मनाइएको हो ।
यता बुद्ध धर्मका अध्ययनकर्ता जीवनकुमार शाक्यले बुद्धको खास जयन्ति भनेको २६४४ भएको बताए । उनले महापरिनिर्वाण भएको बर्षलाई बुद्ध जयन्ति भनेर मनाउने गरिएकोले २५६४ भनेर बुद्ध जयन्ति मनाइन्छ यो देहत्याग बर्ष भएको प्रष्ट पारेका छन् ।