शनिबार, बैशाख ८, २०८१

सिडेन द्धारा प्रदेश अस्पतालमा अत्याधुनिक हात धुने मेसिन हस्तान्तरण

  
कर्णाली टाइम्स आइतवार, जेष्ठ ४, २०७७

सुर्खेत । कोरोना भाइरसको विश्वव्यापी महामारीका बेला सेन्टर फर डेमोक्रेटिभ इन्जिनीएर नेपाल (सिडेन ) कर्णाली प्रदेश समितिद्धारा प्रदेश अस्पताल सुर्खेतलाई खुट्टाले चलाएर हात धुने मेशिन हस्तान्तरण गरिएको छ । कोरोना भाइरसको मुख्य किटाणु हात र खुट्टाबाट बढी संक्रमण हुने भएकोले यस्ता खालको प्रविधि प्रदेश अस्पतालमा हस्तारन्त्रण गरिएको इन्जिनीयर हरी केसी बताए ।
उनले प्रदेश अस्पतालमा बिरामीहरुको चाप भईरहने अबस्थामा कोरोनाको जोखिम पनि बढी हुने भएकोले सजिलो खुट्टाबाट चल्ने हात धुने मेसिन निकै उपयोगी हुने भएकाले प्रदेश अस्पताललाई हस्तान्तरण गरिएको बताए ।
उनले हातले पटक पटक पानीको धारा र ह्यान्ड बास छुँदा ब्याक्टेरिया सर्न सक्ने जोखिम भएकाले खुट्टाले चलाउने प्रणालीबाट बनाईएको मेसिन अस्पताललाई उपलब्ध गराईएको बताए ।
मेशिन हस्तान्तरण कार्यक्रममा प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेट डा डम्बर खड्काले सिडेन कर्णाली प्रदेश समितिले उपलब्ध गराएको मेसिन अस्पतालका लागि निकै उपयोगी हुने बताए । उनले सिडेनले अत्यन्तै सर्हानीय कार्य गरेर कोभिड १९ को विरुद्ध लड्न प्रदेश अस्पताललाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन व्यक्त गरे ।