शनिबार, कार्तिक १०, २०८१

परीक्षणबिनै भारतबाट आएका नागरिक गाउँगाउँ जानथालेपछि कर्णालीमा कोरानाको जोखिम

  
कर्णाली टाइम्स सोमवार, जेष्ठ ५, २०७७

 

सुर्खेत । भारतमा रेल सेवा खुलेपछि भारतबाट आएका नागरिकहरूलाई स्वास्थ्य परीक्षणविना नै गाउँगाउँमा जान थालेका छन् ।
भारतबाट फर्किनेहरू स्वास्थ्य परीक्षणविना नै गाउँगाउँमा जान थालेका छन् । प्रहरीकोे जानकारीअनुसार कर्णाली प्रदेशमा आइतबार र सोमबार बिहानसम्म करिब ५ सय नागरिक स्वास्थ्य परीक्षणविनै गाउँ पुगेका छन् ।
सोमबार बिहान मात्र कैलालीको गौरिफन्टा नाकाबाट भित्रिएका ४९ जनालाई प्रदेश सरकारले स्वा

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

स्थ्य परीक्षणविनै बसमा राखेर गाउँ पठाइएको छ । सुर्खेतमा ३६, दैलेखका ८, रुकुमका ३, सल्यानका १ र कालिकोटका १ जनालाई गाउँमा पठाइएको हो ।
अहिलेसम्म कोरोना संक्रमण नदेखिएको कर्णालीमा सरकारले भारतबाट आएका नागरिकहरूलाई परीक्षणविनै गाउँ पठाउन थालेपछि संक्रमणको खतरा स्थानीयले बताएका छन् ।
सुर्खेतमा ४ सय बेडको क्वारेन्टाइन हुँदाहुँदै भारतबाट आएकालाई सिधै गाउँमा पठाउँदा कोरोनाको जोखिम बढेको स्थानीयहरूले बताएका छन् ।
अहिलेसम्म कोरोना संक्रमण नदेखिएको कर्णालीमा सरकारले भारतबाट आएका नागरिकहरुलाई परीक्षणविनै गाउँ पठाउन थालेपछि संक्रमणको खतरा बढेको छ ।
आफ्नै निर्णयविपरित प्रदेश सरकारले अहिले धमाधम परीक्षणविनै भारतबाट आएका नागरिकहरुलाई बसमा राखेर गाउँ पठाइरहेको छ ।