शनिबार, कार्तिक १०, २०८१

७४ जनालाई खाद्य सामग्री वितरण

  
कर्णाली टाइम्स बुधबार, जेष्ठ २८, २०७७

सुर्खेत । ग्रामिण प्रतिभाशाली यूवा क्लबको समन्वयमा उद्योग वाणिज्य संघ सुर्खेतका बरिष्ठ उपाध्याक्ष हर्ष बिक्रम खड्काको नेतृत्वमा मंगलबार सुर्खेतको सिम्ता गाउँपालिकाको वाड नं. ९ मा अति विपन्न, असक्त, अपाङ्ग गरि ७४ जनालाइ खाद्य सामग्री वितरण गरिएको छ ।

सहयोग गरिएको सामग्री सहयोगी दाताहरुबाट संकलन गरि वितरण गरिएको क्लबका अध्यक्ष चेतन आरसीले बताए । लामो समयको लकडाउनमा विपन्न तथा दैनिक मजदुरी गर्ने नागरिकको चुलो निभ्न नदनिका लागि यो प्रयास गेरको र आगामी दिन थप सहयोगी कदम चाल्ने क्लबका सल्लाहकार मोहन रानाले बताए ।

सोही अबसरमा त्यसै ठाउँमा रहेका १० वटा क्वारिन्टाइनमा रहेका व्यक्तिहरुलाइ चाउचाउ, बिस्कुट, चिउरा लगाएतका सामग्री पनि वितरण गरिएको क्लबका सदस्य पुष्प बिसीले बताए ।