बुधबार, चैत्र १४, २०८०

एकता फाउण्डेशनद्धारा पञ्चुरी नगपालिकालाई खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग

  
कर्णाली टाइम्स बिहीबार, असार ४, २०७७

सुर्खेत । एकता फाउण्डेशन नेपाल सुर्खेतले पञ्चुरी नगरपालिकालाई खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग गरेको छ । बुधबार नगरप्रमुख उपेन्द्र बहादुर थापालाई संस्थाकी प्रमुख दुर्गा घर्तीले सामग्री हस्तान्त्रण गरेकी हुन् । पञ्चपुरी नगरपालिकाका नगर प्रमुख उपेन्द्र बहादुर थापाले एकता फाउण्डेसनले नगरमा गर्दै आएका कामको प्रशंसा गर्दै यस्तो विपदको घडीमा संघ संस्थाको महत्वपुर्ण भुमीका रहने बताए ।
यस्तै नगर उपप्रमुख मुक्ति रेग्मी पुरीले यो महामारीको सबैले मिलेर सामना गर्न अनुरोध गर्दै संस्थाले गरेको सहयोगप्रति धन्यवाद दिइन् ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण नगर क्षेत्रमा आइसोलेसनमा रहेकाहरुलाई विषेश प्राथमिकता दिई राहत होस भनेर संस्थाले सहयोग गरेको संस्थाकी प्रमुख दुर्गा घतीले बताइन् ।
संस्थाले सात सय ४८ किलो चामल, ८५ किलो दाल, ८५ लिटर तेल, ८५ किलो नुन, दुई सय २५५ किलो चना, तीन सय ३० वटा अण्डा, नयाँ प्रविधिको एक हात धुने मेसिन र चेवनप्रास २४ वटा सहयोग गरेको हो । आइसोलेसनमा रहेकाहरुलाई विषेश प्राथमिकता दिई चना, अण्डा र चेवनप्रास सहयोग गरिएको हो ।
यस्तै स्वास्थ्य सामग्रीहरु अन्तरगत हाइजिन किट, एन ९५ माक्स, पिपिई सेट, ह्याण्ड मेडिकल ग्लोब्स र सर्जिकल माक्स समेत सहयोग गरेको छ । संस्थाले २ लाख १२ हजार एक सय ८४ रुपैयाँ बराबरको साद्यान्न र स्वास्थ्य सामग्री सहयोग गरेको हो । अघिल्लो चरणमा पनि नगरपालिकालाई ८५ हजार बराबरको खाद्यान्न सहयोग गरेको थियो ।
अष्ट्रेलियन एड, कारितास अष्ट्रेलिया, कारितास नेपालको आर्थिक सहयोगमा एकता फाउण्डेशन नेपालद्वारा सञ्चालित युवा तथा बालबालिका सशक्तिकरण परियोजना (CYEP) र नेपाल जिविकोपार्जन तथा उत्थानशिलता परियोजना (NLRP) सन् २०१५ देखी चरणबद्ध रुपमा सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका को वडा नम्वर ४, ५ र ६ मा युवा तथा बालबालिकासँग उनीहरुको क्षमता तथा सिप अभिवृद्धिका कार्यक्रमहरु गर्दै आएको छ ।
युवा समूह मार्फत पञ्चपुरी नगरपालिकाका ४, ५ र ६ नम्वर वडाका युवाहरुलाई समूहमा आवद्ध गराई स्थानिय स्तरमा नै वचत तथा ऋणको क्रियाकलापबाट व्यवसाय गर्ने वातावरणको सृजना गर्ने, द्वन्द्वमा र विपतमा परेकाहरुको उद्धार राहत, सहयोग गर्ने, समुदायमा रहेका विसंगति र कुरिती न्युनिकरण गरी समाजमा शान्ति ल्याउन सहयोग गर्ने, स्थानिय विकासका काममा सहयोग पुर्याउने, न्यायको पहुँचभन्दा बाहिर रहेकाहरुका लागी न्यायको पहुँचमा ल्याउन सहयोग तथा पैरवी गर्ने जस्ता क्रियाकलापहरु संस्थाले गर्दै आएको छ ।