सोमवार, पुस २२, २०८१

कर्णालीका थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३०७ पुग्यो

मंगलबार थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३०७, निको भएका ५६० र मृत्यु ५ जना रहेका छन् ।

  
जगतदल जनाला विक मंगलबार, असार ९, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा सोमबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परिक्षणमा सुर्खेत पञ्चपुरीनगरपालिकाका४ जना जसमा १८ महिनाकी बालिका समेतलाई कोरोना पुष्टि भएको छ, चिङ्गाड गाउँपालिकाका १ जना रहेका छन् । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेख नारायण नगरपालिकाका १८ जना, नौमुले गाउँपालिकाका १ जना र कालिकोट राष्कोट नगरपालिकाका १ जनामा कोरोना भाइरस पुष्टि भएको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले बताए । मंगलबारसम्म कर्णालीमा संक्रमितको संख्या १३०७ जना पुगेको छ । सोमबारसम्म कर्णाली प्रदेशमा कोभिड–१९ संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या ५६० पुगेको छ । कर्णालीमा संक्रमित पुष्टि मध्ये मृत्यु हुनेको संख्या ५ पुगेको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ ।

कुन जिल्लामा कति जना संक्रमित ?

हालसम्मको जम्मा १३०७ जना मध्ये जिल्लागत संख्या दैलेखमा ७३३ जना, सुर्खेतमा ३०२ जना, सल्यानमा १७३ जना, कालिकोटमा ४३ जना, जुम्ला २४ जना, जाजरकोट १० जना, मुगु २ जना, हुम्ला २ जना, डोल्पा १ जना, रुकुमपश्चिममा १ जना र अन्य प्रदेशका १६ जना रहेको छ ।

मंगलबार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाद्धारा जारी विज्ञप्ति ।