शुक्रबार, बैशाख १४, २०८१

दैलेखलाई विशेषरुपमा हेर्न सांसद बिशुन्केको माग (भिडिओसहित)

  
कर्णाली टाइम्स बुधबार, असार १०, २०७७

सुर्खेत। कर्णाली प्रदेशका अन्य जिल्ला भन्दा दैलेखमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढेपछि दैलेखबाटै प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सांसद पार्वती कुमारी विशुन्केले संसदमा दैलेखलाई विशेषरुपमा हेर्न अनुरोध गरेकी छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद विशुन्केले दैलेख कोरोनाको ‘इपिसेन्टर’ बन्छ भनेर स्वास्थ्य मन्त्रीलाई अगाडी नै जानकारी गराउँदा पनि वेवास्ता गरिएको बताएकी छन् ।
लकडाउन पूर्व नै स्वास्थ्य मन्त्रीलाई भेटेर दैलेखको सन्देश सुनाएको उनले स्मरण गरिन । उनले भनिन्, ‘मैले लकडाउन हुनु पूर्व नै चैत्र १० गतेका दिन स्वास्थ्य मन्त्रालयमा मन्त्रीलाई भेटेर दैलेखको सन्देश सुनाएको थिए।’ ‘दैलेखका दाजुभाई गाउँमा खोज्दा भेटिदैनन्, टर्च लगाएर खोज्नु पर्ने बाध्यता छ।’

उनले भनिन्, ‘बेरोजगारी समस्याकै कारण ठुलो मात्रामा सस्तो मुल्यमा श्रम वेच्नलाई भारतका गल्ली गल्लीमा जान बाध्यता छ, जस्ले गर्दा भोक मेटाउन गएका दाजभाईले रोग ल्याएर आउने सम्भावना छ।’

कोरोना संक्रमणको हटस्पट दैलेख हुनसक्ने संकेत पहिले नै मन्त्रालयलाई दिइसकेको उनको भनाई छ ।
संक्रमितको दर बढ्दै गएपछि दैलेखमा अहिले संक्रमितलाई स्कुल, क्याम्पस र गाई भैसीका गोठमा राख्नु पर्ने बाध्यता छ भएकोले यस्तो नारकीय जीवन जिउनबाट मुक्ति दिन सरकारसँग अनुरोध गरेकी छन् ।
भिडिओ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस

दैलेखमा काेराेना कहर छ ……………दैलेखलाई काेराेना महामारीकाे रेड जाेन घाेषणा भन्ने तर स्कुल र क्याम्पसका बेन्चमा संक्रमित राख्ने हाेईन सुविधा युक्त अाईसुलेशनकाे व्यवस्था गरि संक्रमितकाे उपचार, थप प्राविधिक जनशक्ति व्यवस्थापन र प्रादेशिक अस्पतालकाे मापदण्ड पुराई सेवा विस्तारमा संघिय स्वास्थ्य मन्त्रालयले तदारुकताका साथ लाग्न अाग्रह गर्दै, विशेष समयमा सदनमा बाेल्दै । (२०७७।०३।०९)

Gepostet von Parbati Bisunke am Dienstag, 23. Juni 2020