शनिबार, कार्तिक १०, २०८१

अज्ञात समुहद्धारा मदन आश्रित पार्कको पर्खाल तोडफोड

  
जगतदल जनाला विक बुधबार, असार १०, २०७७

सुर्खेत । पञ्चपुरी नगरपालिका -५ बाबियाचौरमा बनाउँदै गरेको मदन आश्रित पार्कको पर्खाल अज्ञात समुहले तोडफोड गरेका छन् ।

मंगलबार राती बनाउँदै गरेको पर्खाल भत्काइएको मदन आश्रित पार्क निर्माण उपभोक्ता समितिका सचिव प्रेमराज ढंगानाले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री नवराज रावतको वडा समेत रहेको उक्त ठाउँमा उनकै पहलमा संघीय सरकारबाट पर्खाल निर्माणका लागि १८ लाख रुपैयाँ विनियोजन गरिएको थियो । यहि जेठ २८ गते देखि मदन आश्रित पार्कको पर्खालको काम सुरु भइ करिब १० मिटर पर्खाल लगाइएको थियो । मदन आश्रित पार्क नेपाल सरकारले घोषणा गरेका एक सय वटा पर्यटकीय गन्तव्यमा समेत समटिएको छ ।
‘निर्माणाधिन पार्कको १० मिटर पर्खाल र दुई हजार इट्टा तोडफोड भएका छन्,’ सचिव ढंगानाले भने, हामीले उक्त पर्खाल तोडफोड गर्ने व्यक्तिलाई पत्ता लगाई कार्बाही गर्न इलाका प्रहरी कार्यालयलाई पनि जानकारी गराएका छौं ।’
प्रारम्भिक अनुसन्धानबाट नजिकै पिक्नीक खाएर पर्खाल भत्काएको बुझिएकोले थप अनुसन्धान गरि दोषीलाई कार्बाही गरिने इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख असरफ अली अन्सारीले बताए ।