सुर्खेत । वीरेन्द्रनगर–४ का दुर्गाराज सापकोटा ७० वर्षका भए । उनले २०३३ सालबाट साबिक गढी गाविसमा दही बेच्ने काम गरे । उनी निरन्तर ४४ वर्षदेखि हिउँद, वर्षामा बिहानै काँधमा ठेकी राखेर गाउँतिर दही बेच्न जान्छन् । २०५० सालदेखि वीरेन्द्रनगरमा आएर सापकोटाले दही बेच्ने काम गरेका छन् । दिनमा ८–९ कुरुवा दही बिक्रि गर्छन् । उनले आफ्नै घरमा बनाएर बिना मिसावट बजारको भन्दा सस्तो मुल्यमा दही बिक्रि गर्दछन् । एक घण्टामैं उनले चार देखि साढे चार सय रुपैयाँ कमाउँछन् । यसैबाट उनले घरखर्च चलाउने गरेका छन् । उनका तीन छोरा, तीन छोरी छन् । छोरीहरुले बिवाह गरेर गइसके , छोराहरुले पनि बिहे गरेका छन् । छोरा र छोरीका गरी १० नातीनतिना छन् ।
‘यसरी दैनिक बेचेको दहीबाट नै पहिले आफ्ना छोराछोरीलाई पढाई लेखाई पालन पोषण समेत गरेका हुँ,’ उनले भने, अहिले पनि आफ्ना बुढाबुढी र जहान केटाकेटीको सानोतिनो घरखर्च पनि टारेको छुँ ।’
आफुहरु सानै हुँदा पनि सापकोटाले दही घरमैं ल्याएर बिक्रि गर्ने गरेको स्थानीय गौरी रम्तेलले बताइन् ।
सापकोटाले स्वदेशमा रोजगारी छैन भनेर बाहिरीने युवाहरुलाई गरे स्वदेशमैं सम्भव छ भन्ने सन्देश दिन चाहेको बताउँछन् । ‘हामीले काम पाएनौं भनेर विदेशीने युवाहरुले स्वदेशमैं जाँगर चलाएर लाज नमानी आफ्नो व्यवसाय गरेपछि कमाई राम्रो हुन्छ,’ सापकोटाले भने, ‘ मैंले ४४ वर्ष देखि दही बेच्दै आएको छु घरदेखि बाहिर कतै पनि गएको छैन, आफै भैंसी पालेर दैनिक व्यवसायबाट जिविका चलाएकोे छु ।’
आफ्नै घरको राम्रो दही घरमैं पु¥याएपछि सबै मानिसहरुले उनलाई धर्म गरेको भनेर सम्मान गर्छन् । उनको काँधमा ठेकी देख्ने बित्तिकै दहि लिनका लागि स्थानीयको भीड लाग्ने गर्दछ । पालैपालो सबैको भाँडोमा उनले दही राखि दिन्छन् । बिहानै खल्तीभरी पैसा बुझ्दै घर जान्छन् । लकडाउनका कारण कैयौं डेरीहरु पनि बन्द छन् । किसानहरुको दुध बिक्रि नभएर समस्यामा छन् । तर सापकोटालाई भने दही पु¥याउन हम्मे हम्मे छ ।
एक भैसींले दुध दिन छोडेपछि अर्को भैंसी खरिद गर्छन् । अन्य ठाउँबाट दुध, घिउमा मिसावट हुन्छ भनेर स्थानीयले गुनासो दही मात्र बेच्ने गरेको सापकोटाको भनाई छ ।
भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस :