शुक्रबार, बैशाख ७, २०८१

कर्णालीमा काेराेना: थप संक्रमित ७ जना, जम्मा संक्रमित १४४०, निकाे ९३४, मृत्यु ६ जना

  
जगतदल जनाला विक शनिबार, असार १३, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा शनिबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परिक्षणमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका ७ जनालाई कोरोना भाइरस पुष्टि भएको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।
शनिबारसम्म कर्णालीमा संक्रमितको संख्या १४ सय ४० जना पुगेको छ । शनिबारसम्म कर्णाली प्रदेशमा कोभिड–१९ संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या ९३४ पुगेको छ । कर्णालीमा संक्रमित पुष्टि मध्ये मृत्यु हुनेको संख्या ६ पुगेको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ ।

यस्तो छ जिल्लागत विवरण
हालसम्मको जम्मा १४४० जना मध्ये जिल्लागत संख्या दैलेखमा ७६० जना, सुर्खेतमा ३४७ जना, सल्यानमा १७७ जना, कालिकोटमा ४७ जना, जुम्लामा २८ जना, जाजरकोटमा १३ जना, मुगुमा ३ जना, हुम्लामा २ जना, डोल्पामा १ जना र रुकुमपश्चिममा १ जनालाई काेराेना संक्रमण पुष्टि भएकाे छ । यस्तै अन्य प्रदेशका ५९ जना रहेका छन् ।

सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्ति ।