शनिबार, कार्तिक १०, २०८१

कर्णालीका ९५६ जना कोरोना संक्रमित निकोभएपछि डिस्चार्ज भए, ४६६ जना उपचारमा

  
कर्णाली टाइम्स सोमवार, असार १५, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा आइतबारसम्म १४२८ जना कोरोना संक्रमित मध्ये ९ सय ५६ जना कोरोना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । जसमध्ये ६ जनाको मृत्यु भएको छ । र बाँकी ४६६ जना मात्र कोरोना केस एक्टिभ रहेकोले प्रदेशका विभिन्न अस्पताल, तथा स्थानीय तहले तयार गरेका आइसोलेसनमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

सोमबार (आज) पनि केहि व्यक्तिहरु डिस्चार्ज हुने सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
आइतबार मात्र चौकुने आइसोलेसन सेन्टर सुर्खेतबाट, १२ जना, प्रदेश अस्पताल सुर्खेतबाट ६ जना, कालिकोट अस्पतालबाट ३ जना र चौजहारी अस्पताल रुकुमपश्चिमबाट १ जना सहित २२ जना डिस्चार्ज भएका छन् ।
अन्य प्रदेशका ४५ जना रहेका छ । कर्णाली प्रदेशभरी १५ सय ८३ वटा आइसोलेसन बेड र वटा ९८४ वटा क्वारेन्टाइन रहेका छन् ।

१२९९ जना पुरुष र १२९ जना महिलामा संक्रमण पुष्टि भएको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ ।
कर्णालीका मात्र हालसम्मको जम्मा १४२८ जना मध्ये जिल्लागत संख्या दैलेखमा ७६० जना, सुर्खेतमा ३४७ जना, सल्यानमा १७८ जना, कालिकोटमा ४७ जना, जुम्लामा २८ जना, जाजरकोटमा १३ जना, मुगुमा ३ जना, हुम्लामा २ जना, डोल्पामा १ जना र रुकुमपश्चिममा २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार सामाजिक विकास मन्त्रालयद्धारा जारी सुचना ।