शुक्रबार, बैशाख ७, २०८१

समाजसेवी सुनारद्धारा साझा घरमा सहयोग

  
कर्णाली टाइम्स सोमवार, असार १५, २०७७

सुर्खेत । समाजसेवी तथा नेकपाका युवा नेता तिर्थ सुनारले सोमबार असार १५ को अवसरमा साझा घर नेपाललाई सहयोग गरेका छन् ।
उनले वीरेन्द्रनगर लाटिकोईली स्थित साझा घर नेपालका असाय, बालबालिका तथा जेष्ठ नागरिकहरुलाई दहि, चिउरा, पलफुल खुवाएर सहयोग गरेका छन् । विभिन्न समस्यामा परेका बालबालिका, महिला जेष्ठ नागरिक र असाहय गरी २७ जनालाई समाजसेवी सुनारले सहयोग गरेका हुन् ।

फजुल खर्च गर्नै हात भन्दा दुःखी असाहयलाई सहयोग गर्नै हातहरु महान हुन्छन् भन्ने धारणाले असार १५ को अवसर पारी सहयोग गरेकोउनले बताए ।

यस अघि पनि सुनारले साझाघरलाई विभिन्न समयमा आर्थिक, खाद्यान्न सहयोग गर्दै आएको साझा घर नेपालका महांँसचिव वबनोद चौलागाईले जानकारी दिए।