शनिबार, कार्तिक १०, २०८१

कर्णालीका १४४३ कोरोना संक्रमित मध्ये १०७२ जना डिस्चार्ज भए

  
जगतदल जनाला विक मंगलबार, असार १६, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा मंगलबारसम्म १४४३ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार थप रुकुमपश्चिम चौरजहारीका ९ जना, दैलेखका ३ जना, डोल्पाका २ जना र कालिकोटका २ जनामा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमित १४४३ मध्ये १०७२ जना कोरोना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । बाँकी ३ सय ६५ जना कोरोनाका संक्रमितहरु प्रदेशका विभिन्न अस्पताल, तथा स्थानीय तहले तयार गरेका आइसोलेसनमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णालीमा कोरोनाबाट ६ जनाको मृत्यु भइसकेको छ ।

मंगलबार मात्र दैलेख अस्पताल महाबु आइसोलेसन सेन्टर दैलेखबाट ५६ जना, पुरुष ४९जना, महिला प्रदेश अस्पताल सुर्खेतबाट ६ जना, लेकवेसी आइसोलेसन सेन्टर सुर्खेतबाट ९ जना,पूरुष एक जना, महिला र भैरवी आइसोलेशन सेन्टर दैलेखबाट १० जना, कर्णाली स्वास्थ्य विज्ञाण प्रतिष्ठान जूम्ला बाट एक, एक जना पुरुष संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।
अन्य प्रदेशका कर्णालीमा जाँच गरेका ४८ जना रहेका छ । कर्णाली प्रदेशभरी १५ सय ८३ वटा आइसोलेसन बेड र वटा ९८४ वटा क्वारेन्टाइन रहेका छन् ।१२९८ जना पुरुष र १२९ जना महिलामा संक्रमण पुष्टि भएको छ ।
कर्णालीका मात्र हालसम्मको जम्मा १४४३ जना मध्ये जिल्लागत संख्या दैलेखमा ७६३ जना, सुर्खेतमा ३४७ जना, सल्यानमा १७७ जना, कालिकोटमा ४९ जना, जुम्लामा ३० जना, जाजरकोटमा १३ जना, मुगुमा ३ जना, हुम्लामा २ जना, डोल्पामा ३ जना र रुकुमपश्चिममा ११जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयद्धारा जारी विज्ञप्ति ।