शनिबार, कार्तिक १०, २०८१

अब सुर्खेतमा ५५ सय तिरेर पीसीआर गर्न पाइने

  
कर्णाली टाइम्स शुक्रबार, असार २६, २०७७

सुर्खेत । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली प्रदेश अस्पताललाई पनि शुल्क लिएर पीसीआर परीक्षण गर्न स्वीकृति दिएको छ । यसअघि यस्तो काठमाडौंका वीर, त्रिवि शिक्षण र पाटन अस्पताललाई मात्र दिइएको थियो ।
मन्त्रालयले बुधबार कर्णाली प्रदेश अस्पतालसहित ६ वटै प्रदेशका एक–एकवटा अस्पतालाई यस्तो सुविधा दिएको हो । पत्रमा सम्पूर्ण परीक्षणको २५ प्रतिशतमा नबढ्ने गरी ५ हजार ५ सय शुल्क लिएर परीक्षण गर्न स्वीकृति दिने उल्लेख छ । अस्पताल निर्देशक डा. डम्बर खड्काले सरकारको यस्तो निर्णयले शंका लागेका वा अन्यत्र जान चाहनेले शुल्क तिरेर परीक्षण गरी ढुक्क हुन सक्ने बताए ।

यस्तो छ मन्त्रालयको पत्र :