शुक्रबार, बैशाख ७, २०८१

तपाईंको मास्क खोई ? (फोटोफिचर)

  
जगतदल जनाला विक सोमवार, साउन १९, २०७७

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा तपाईंको मास्क खोई ? कार्यक्रम सञ्चालन गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको समन्वयमा यस्तो कार्यक्रम गरिएको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सचेतनामूलक पर्चा पम्प्लेट सहित बजारमा मास्क नलगाएर हिंड्ने व्यक्तिहरुलाई मास्क वितरण गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सुरु भएको र्याली आँखा अस्पताल चोक, वीरेन्द्रचोक, यरी चोक, मंगलगढी चोक हुँदै लाटिकोईली शिव मन्दिरमा गई समापन गरिएको थियो । उक्त  र्यालीमा करिब एक हजार पर्चा र तीन सय मास्क नागरिकहरुलाई वितरण गरिएको छ ।