शनिबार, कार्तिक १०, २०८१

कारागारमा कैदीबन्दीबीच झडप हुँदा दुई घाइते

  
कर्णाली टाइम्स बुधबार, भदौ १७, २०७७

सुर्खेत । जिल्ला कारागार सुर्खेतमा कैदीबन्दीबीच झडप हुँदा दुईजना घाइते भएका छन्। शेरबहादुर महतारा र सुनिल मल्लबीच सामान्य विषयमा विवाद हुँदा झडप भएको हो।

उक्त झडपमा मल्लको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। झगडा छुटाउन गएका अर्का कैदी असिम खत्री पनि सामान्य घाइते भएका छन्। महतारा लागुऔषध र मल्ल जवरजस्ती करणी मुद्दामा कैद भुक्तानी गरिरहेका छन् ।
अहिले कारागारको स्थित सामान्य रहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।