बिहीबार, बैशाख ६, २०८१

कोइराला कांग्रेसको कन्द्रीय प्रचार विभाग सदस्यमा मनोनित

  
कर्णाली टाइम्स बिहीबार, भदौ १८, २०७७

सुर्खेत । नेपाली कांग्रेसको केन्द्रीय सूचना, संचार तथा प्रचार विभागको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार कोइरालालगायत कांग्रेस नेताहरुलाई विभागमा मनोनयन गरेका हुन् । विभागको संयोजकमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा रहेका छन् ।

विभागको सदस्यमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका डा. सुरेश आचार्य, पूर्व केन्द्रीय उपाध्यक्ष हेमन्त कर्माचार्य, नेपाल प्रेस यूनियनका पूर्वअध्यक्ष समिरजंग शाह, नीर शाह, नन्दकृष्ण जोशी, मीनबहादुर भामलगायत मनोनित भएका छन् । सुर्खेतका कोइराला नेपाली कांग्रेसका पूर्व जिल्ला कोषाध्यक्ष र नेपाल प्रेस यूनियन पूर्व केन्द्रीय उपाध्यक्ष हुन् ।