शनिबार, बैशाख ८, २०८१

एनआईसी एसिया बैंकद्धारा कोरोना परीक्षण गर्ने भिटिएम हस्तान्त्रण

  
कर्णाली टाइम्स बुधबार, भदौ २४, २०७७

सुर्खेत। एनआईसी एसिया बैंकले जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतलाई बुधबार कोरोना परीक्षण गर्ने सामग्री भिटिएम हस्तान्त्रण गरेको छ ।
बैंकले जनस्वास्थ्य सेवा कार्यालयलाई समाजिक उत्तरदायित्व अन्तर्गत भिटिएम उपलब्ध गराएको उपलब्ध गराएको एनआईसी एसिया बैकका कर्णाली प्रदेश उपप्रमुख चेतराज भण्डारीले बताए ।

‘सामाजिक उत्तरदायित्व अन्तर्गत जनस्वास्थ्य कार्यालयलाई भिटिएम सहयोग गरेका हौं,’ उनले भने, ‘यसभन्दा पहिले पनि कर्णाली प्रदेश सरकारको विपद् व्यवस्थापनमा सहयोग गरेका थियौं ।’

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले यस्तो जटिल अवस्थामा बैकले गरेको सहयोगले परीक्षणमा थप सहयोग पुग्ने बताए ।