शनिबार, कार्तिक १०, २०८१

माग पुरा नभए निजि विद्यालयका शिक्षक आन्दोलनमा जाने

  
कर्णाली टाइम्स बिहीबार, भदौ २५, २०७७

सुर्खेत । निजि तथा आवासीय विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुले मागहरु पुरा नभए चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

निजि तथा संस्थागत विद्याललय शिक्षक ÷कर्मचारी युनियन नेपाल जिल्ला कमिटि सुर्खेतले यस्तो चेतावनी दिएको हो ।
युनियका अध्यक्ष अर्जुन बुढा र सचिव श्यामप्रसाद सापकोटाद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा निजि तथा आवासीय शिक्षक कर्मचारीको अधिकारको रक्षाका लागि र शैक्षिक क्षेत्रमा रहेका समस्या पहिचान गर्दै सरोकारवालाले समस्या समाधानमा पहल गर्न ध्यानाकर्षण गरेको छ ।

युनियले विभिन्न सात वटा बुँदाका मागहरुसहित सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश, श्रम तथा रोजगार कार्यालय कर्णाली प्रदेश, जिल्ला प्रशासन कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, प्याब्सन जिल्ला समिति सुर्खेत र एन जिल्ला प्याब्सन सुर्खेतमा माग पत्र बुझाएको छ ।

मागपत्रमा भनिएको छ, प्याब्सन एन प्याब्सन तथा पेशागत संगठनहरुबीच भएको राष्ट्रिय सहमति अनुसार निजि विद्यालयमा कार्यरत शिक्षक कर्मचारी श्रमिकहरुलाई गत वर्षको बाँकी तलब अविलम्बन दिलाउनुपर्ने, कुनैपनि बहानामा शिक्षक कर्मचारीलाई डर धम्की दिने निष्कासन गर्ने जस्ता कार्य तत्काल बन्द गर्न पनि पत्रमा उल्लेख छ ।

श्रम ऐन अनुसार शिक्षक कर्मचारी श्रमिकलाई स्थायी, अस्थायी र करार नियुक्ति प्रदान गरी रोजगारी सुनिश्चित गर्न पनि सरकारलाई ध्यानाकर्षण गरिएको छ ।

निजि विद्यालयमा कार्यरत शिक्षक ,तथा कर्मचारीहरुको पेशागत हक हित र अधिकार प्राप्ति र संगरक्षनका लागि निजि तथा आवासीय विद्यालय शिक्षक कर्मचारी युनियन नेपालको स्थापना गरिएको थियो ।

२०६३ साल मङ्सिर ६ गते सुर्खेतमा यो युनियाको गठन भएको थियो। अहिले यो युनियनमा देशभरका निजि तथा आवासीय विद्यालय तथा विद्यालयका कर्मचारी कार्यरत शिक्षक आवद्द छन् ।

संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुले विद्यालयबाट प्राप्त गर्नुपर्ने तलब भत्ता अन्य सेवा उपलब्ध नहुनु दुःखदायी रहेको युनियले बताएको छ ।

नौ वटै पालिकामा सन्चालित निजी तथा संस्थागत विद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीहरुलाई बेतलबी नराख्न युनियनले आग्रह गरेको छ ।