शनिबार, कार्तिक १०, २०८१

खार्पुनाथ ४ का वडा अध्यक्षको निधन

  
कर्णाली टाइम्स शुक्रबार, भदौ २६, २०७७

सुर्खेत । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षको निधन भएको छ।

वडाध्यक्ष लोकजन हमालको बिहीबार नेपालगञ्जबाट रिफर गरी उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा नवलपरासीमा मृत्यु भएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए ।

वडाध्यक्ष हमाल गाउँमा एक्कासी लडेपछि उनको कम्मरदेखि तलको भाग चल्न सकेको थिएन। आज खार्पुनाथ गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यालय बन्द हुने अध्यक्ष रावलले बताए ।