शुक्रबार, बैशाख १४, २०८१

चन्दननाथकी मेयर सेजुवाललाई कोरोना संक्रमण

  
कर्णाली टाइम्स आइतवार, असोज २५, २०७७
चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाल

सुर्खेत । जुम्लाको चन्दननाथ नगरपालिकाकी नगर प्रमुख (मेयर) तथा नेपाली काङ्ग्रेसकी नेतृ कान्तिका सेजुवाललाई कोरोना संक्रमण देखिएको छ । केही दिनअघि लिइएको स्वाब परीक्षणको रिपोर्ट शनिबार साँझ पोजिटिभ आएको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

मेयर सेजुवालले आफूलाई सामान्य रुघाखोकीबाहेक खासै लक्षणहरु नदेखिएको बताएकी छिन् । कोरोनाको शंका लागेपछि उनी केही दिनदेखि घरमै आइसोलेसनमा बसेकी थिइन् । नगर प्रमुख सेजुवालले आफ्नो निकट सम्पर्कमा आएका सबैलाई सतर्कता अपनाउन र लक्षण देखिएमा पीसीआर परीक्षण गर्न सुझाव दिएकी छन् । नेपाली काङ्ग्रेसकी महासमिति सदस्यसमेत रहेकी नेतृ सेजुवाल कोरोना प्रतिकार्यको सिलसिलामा चन्दननाथका साथै जिल्लाका विभिन्न ठाउँमा खटेकी थिइन् ।