बिहीबार, बैशाख १३, २०८१

सुर्खेतमा कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु

  
कर्णाली टाइम्स आइतवार, असोज २५, २०७७

सुर्खेत । सुर्खेतमा उपचारकै क्रममा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । प्रदेश अस्पतालमा रहेको कोभिड विशेष अस्पतालमा उपचारका क्रममा ६५ बर्षीया महिलाको मृत्यु भएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए ।
कालीकोटको महाबै गाउँपालिका वडा नम्बर ४ की ति महिलालाई असोज २१ गते उपचारका लागि कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो । आईतबार बिहान १० बजेतिर उनकाके मृत्यु भएको पौडेलले बताए ।*
उनी दमको समेत बिरामी रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिृकत नवराज कँडेलले जानकारी दिए । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या ११ पुगेको छ ।

*सम्पादित