आइतवार, बैशाख २३, २०८१

मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता

  
कर्णाली टाइम्स आइतवार, असोज २५, २०७७

सुर्खेत । कर्णालीका मुख्यमन्त्रीसमेत रहेका नेकपा संसदीय दलका नेता महेन्द्रबहादुृर शाहीविरुद्ध दलका १८ जना सांसदले अविश्वासको प्रस्ताव बुझाएका छन् । सांसद यामलाल कँडेलको अगुवाइमा भएको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाइएको छ ।

प्रमुख सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आपूmले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने बताए । हस्ताक्षर गर्नेमा पूर्वएमालेका १५ र पूर्वमाओवादीका ३ जना सांसद छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन् ।

 

साभार : ईकान्तिपुर