शनिबार, बैशाख ८, २०८१

दैलेखमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

  
कर्णाली टाइम्स मंगलबार, कार्तिक ४, २०७७

सुर्खेत। म‌ंगलबार दिउँसो दैलेखमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको डुंगेश्वर गाउँपालिका–४ तल्लो डुंगेश्वरमा मंगलबार दिउँसो ३ बजे बस दुर्घटना भएको हो ।

सुर्खेतबाट दैलेखको जम्बुकाँध जाँदै गरेको ना ३ ख ५५१९ नम्बरको बस ब्रेक फेल भएर रोकीराखेको टिप्परमा ठोक्किएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनका अनुसार चालकको ललित नेपालीको मृत्यु भएको छ ।
वीरेन्द्रनगर नगरपालिका निवासी चालक नेपालीको उपचारका लागि सुर्खेत ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए । अनुसार दुर्घटनामा १४ जना घाईते भएको र उनीहरुको अवस्था सामान्य रहेको उनले बताए ।