शनिबार, मंसिर २०, २०७७

मोटरसाईकलको ठक्करबाट बालकको मृत्यु भएपछि आफन्तद्वारा कर्णाली राजमार्ग अवरुद्ध

मोटरसाईकल र चालकको पहिचान हुन सकेन

  
कर्णाली टाइम्स बुधबार, मंसिर ३, २०७७


सुर्खेत । मोटरसाईकलको ठक्करबाट सुर्खेतमा एक बालकको मृत्यु भएपछि बालकको आफन्तले सडक अवरुद्ध गरेका छन् । वीरेन्द्रनगर उपत्यकाभित्र पर्ने कर्णाली राजमार्गमा टायर बालेर बालकका आफन्तले अवरुद्ध गरेका हुन ।

मंगलबार बेलुका साढे ५ बजेतिर वीरेन्द्रनगर–१ बा‌ंगेसीमलमा मोटरसाईकलले ठक्कर दिँदा सोही ठाउँका तीन बर्षीय बालक समीर नेपालीको मृत्यु भएको हो । ति बालकको मंगलबार नै मृत्यु भईसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
बुधवार बिहानदेखि नै आफन्तले टायर बालेर सडक अवरुद्ध गरेको उनले बताए । बालकलाई ठक्कर दिने मोटरसाईकल र चालकको भने पहिचान हुन सकेको छैन । चालकको हुलिया पत्ता लागे पनि मोटरसाईकल नम्बर पत्ता नलागेको डिएसपी घर्तीले बताए । मोटरसाईकल र चालक दुवैको खोजी भईरहेको उनले जानकारी दिए ।