शनिबार, बैशाख ८, २०८१

एमयूमा वैकल्पिक परीक्षा विधिबारे भर्चुअल अभिमुखीकरण

  
कर्णाली टाइम्स शनिबार, मंसिर १३, २०७७

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र संकाय केन्द्रीय क्याम्पसले आइतबारदेखि सुरु हुने परीक्षाको लागि भर्चुअल अभिमुखी कार्यक्रम आयोजना गरेको छ । पहिलोपटक घरमै बसेर इन्टरनेटको माध्यमबाट परीक्षा दिन पाइने भएपछि यस्तो अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

भर्चुअल अभिमुखीकरणमा करिब २ सय ५० विद्यार्थी सहभागी थिए । विद्यार्थीलाई सहायक क्याम्पस प्रमुख ललितजंग शाहीले ‘वैकल्पिक विधिबाट परीक्षा सञ्चालन, व्यवस्थापन र मूल्यांकनसम्बन्धी निर्देशिका–२०७७’ अनुसार जानकारी दिएका थिए ।

क्याम्पस प्रमुख तेजविक्रम बस्नेतका अनुसार केन्द्रीय क्याम्पसबाट प्रथम सेमेस्टरको परीक्षामा ६ सय ६८ जना विद्यार्थी सहभागी हु“दैछन् । विहान ८ बजेदेखि ४ बजेसम्म परीक्षा सञ्चालन हुने उनको भनाइ छ । विश्वविद्यालयले यसअघि असोजमा स्नातकोत्तर तह तेस्रो र स्नातक तह सातौं तहको पनि वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गरेको थियो ।

वैकल्पिक परीक्षाबारे भर्चुअल अभिमुखीकरण कार्यक्रमम क्याम्पस प्रमुख तेजविक्रम बस्नेतसहित सहभागी