शुक्रबार, बैशाख ७, २०८१

सुर्खेत देउती यातायातको वार्षिक साधारण सभा सम्पन्न

  
कर्णाली टाइम्स शनिबार, माघ २५, २०७६


सुर्खेत, २५ माघ ।
सुर्खेत देउती यातायात प्रालिको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार वीरेन्द्रनगरको बुलबुलेमा गरिएको साधारण सभामा बोल्दै यातायात व्यवस्था कार्यालय सुर्खेतका निमित्त प्रमुख आनन्द चपाँईले यातायातमा भएका समस्याहरुलाई समाधान गर्न यातायात प्रालिको पनि महत्वपुर्ण भुमिका रहने बताए ।
सवारी साधन, दर्ता, नामसारी, पञ्जीकरण र सावारी चालक अनुमतीपत्र सुर्खेतबाटै सेवा सञ्चालन गरिएको जानकारी दिंदैं उनले यस्ता संस्थाहरु नाफामुखी भन्दा पनि सेवामुखी हुनुपर्नेमा जोड दिए ।
यातायात क्षेत्रलाई व्यवस्थित गर्नका लागि चालक, सहचालक र सञ्चालकको महत्पुर्ण भुमिका रहने प्रमुख चपाँईले बताए ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले यातायात सञ्चालक र चालकको हौसलाका लागि ट्राफिक प्रहरीले कुनै कसर बाँकी नराख्ने बताए । ५ वटा गाडीबाट सुरुवात गरिएको संस्थामा अहिले ५० वटा गाडी भएको संस्थाका अध्यक्ष टेक बहादुर गुरुङले जानकारी दिए । ‘सुरुमा हामीले पाँचवटा गाडीबाट सुरुवात गरेका थियौं । अहिले ५० वटा गाडीहरु हाम्रो संस्थामा आवद्ध छन् ।’ उनले भने, हामी दुर्घटना नहोस भनेर गाडी चालक र सहचालकलाई पनि छनोट गरेर मात्र सवारी चलाउन दिन्छौं ।


कोषध्यक्ष देवराज सिंह ठकुरीले प्रस्तुत गरेका आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०७५÷०७६ को आयव्य १ करोड रहेको थियो ।
सरकारले यातायात क्षेत्रलाई सौतेनी व्यवहार गरेको भन्दै यातायात व्यवसायीहरुले आफुहरुको पिडालाई बुझ्न आग्रह गरेका छन् ।
कार्यक्रममा उत्कृष्ट चालक, सहचालक, गाडी धनी, कर्मचारी र शेयर सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।