शुक्रबार, बैशाख १४, २०८१

राजसंस्था पुनर्स्थापनाको माग गर्दै सुर्खेतमा प्रदर्शन (तस्विर)

  
कर्णाली टाइम्स बिहीबार, मंसिर १८, २०७७

सुर्खेत । राजसंस्था पुनःस्थापनाको माग गर्दै बिहिबार सुर्खेतमा मोटरसाईकल र्यालीसहित प्रदर्शन गरिएको छ । प्रदेश राजधानी रहेको वीरेन्द्रनगरमा हिन्दु राष्ट्र राजसंस्था पुन:स्थापना संघर्ष समितिले प्रदर्शन गरेको हो ।
समितिले निकालेको नाराजुलुसहितको र्याली वीरेन्द्रनगर बजार परिक्रमा गरी पिपलचौतारामा पुगेर कोणसभामा परिणत भएको थियो । मोटरसाईकलसहितको र्याली वीरेन्द्रनगरस्थित कालुङचोकबाट सुरु भएको हो ।
प्रदर्शनमा सहभागीले पूर्वराजा ज्ञानेन्द्र शाहको तस्वीर अंकित प्लेकार्ड समेत बोकेका थिए । ‘राजा आऊ, देश बचाऊ’, ‘गणतन्त्र चाहिँदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा प्रदर्शनका क्रममा लगाईएको थियो ।