बिहीबार, बैशाख ६, २०८१

केपी ओलीविरुद्ध सुर्खेतमा प्रदर्शन

  
कर्णाली टाइम्स आइतवार, पुस ५, २०७७


सुर्खेत । प्रतिनिधि सभा विघटनको विरुद्धमा सुर्खेतमा पनि विरो प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध जनवर्गीय संगठनहरुले सुर्खेतको वीरेन्द्रनगरमा आइतबार विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनका क्रममा ‘गणतन्त्र विरोधी हर्कतको प्रतिवाद गरौं’, ‘संसद विघटन खारेज गरौं’, ‘तानाशाह मुर्दावाद’, ‘खड्क ओलीको प्रतिवादी कदम मुर्दावाद’, ‘नलायक केपी ओली मुर्दावाद’ जस्ता नारा लगाईएको छ ।
प्रतिनिधि सभा विघटन गर्नु प्रधानमन्त्री केपी शार्मा ओलीको अवैधानिक, अलोकतान्त्रिक र निरंकुशता भएको भन्दै संगठनहरुले विरोध प्रदर्शन गरेका हुन् ।