बुधबार, बैशाख १९, २०८१

१५ घण्टादेखि सुर्खेत र आसपासका जिल्लामा विद्युत सेवा अवरुद्ध

  
कर्णाली टाइम्स मंगलबार, पुस ७, २०७७

सुर्खेत । कोहलपुर–सुर्खेत प्रसारण लाईनमार्फत विद्युत सेवा जडान गरिएको सुर्खेतर आसपासका जिल्लाहरुमा १५ घण्टादेखि विद्युत सेवा अवरुद्ध भएको छ । गएराति सवा ८ बजेदेखि विद्युत सेवा अवरुद्ध भएको हो ।
राष्ट्रिय विद्युत प्रशारणको पहुँचमा पुगेका सुर्खेत, जाजरकोट र दैलेखमा गएरातिदेखि विद्युत सेवा अवरुद्ध छ । सुर्खेतको हर्रे र छिन्चुको बीचमा पर्ने मुरलीखोला नजिक दुई पोलबीचको तार चुँडिएपछि सेवा अवरुद्ध भएको विद्युत प्राधीकरण सुर्खेतले जनाएको छ ।
कार्यालयका अनुसार सोमवार राति तार चुँडिएकाले तत्कालै मर्मत गर्न नसकिएको हो । आज बिहान वितरण केन्द्रबाट प्राविधिक मर्मतका लागि पठाएर काम भईरहेको र अबको एक घण्टामा विद्युत सेवा सुचारु हुने जनाईएको छ ।