कर्णाली टाइम्स
मंगलबार, पुस ७, २०७७
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सुर्खेतमा पनि प्रदर्शन गरिएको छ । मंगलबार बेलुका सुर्खेतको वीरेन्द्रनगरमा ओली पक्षीय विद्यार्थी तथा युवा संगठनले समर्थन र्याली निकालेका हुन् ।
वीरेन्द्रनगर बजार परिक्रमा गरी कोणसभामा परिणत भएको ¥यालीमा ‘आज होईन भोलीलाई, मेरा साथ ओलीलाई’, ‘केपी ओली जिन्दावाद’, जस्ता नारा लगाईएको थियो ।