बुधबार, बैशाख १९, २०८१

सुर्खेतका कोरोना संक्रमित महिलाको मृत्यु, मृतकको संख्या २४ पुग्यो

  
कर्णाली टाइम्स बिहीबार, पुस ९, २०७७

सुर्खेत । सुर्खेतमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बुधवार राति सुर्खेतको चिङ्गाड गाउँपालिका–५ की ७३ बर्षीय महिलाको कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो ।
पुष ६ गते सास फेर्न गाह्रो भएपछि उनलाई अस्पताल भर्ना गरिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । पुष ६ गते गरिएको पिसीआर परीक्षणमा उनलाई कोरोना पुष्टी भएको थियो ।
जनस्वास्थ्य सेवा कार्यालयको समन्वयमा नेपाली सेनाले उनको शव व्यवस्थापन गर्ने काम भईरहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
योसँगै कर्णालीमा २४ जना कोरोना संक्रमितकोे मृत्यु भएको छ । जसमा सुर्खेतका १४, दैलेखका ५, कालिकोट, रुकुम पश्चिम र डोल्पाका एक÷एक जना र बाँकेका दुई जना छन् ।