शुक्रबार, बैशाख ७, २०८१

जन्मदिनमा विभुलाई २० लाखको बिमा उपहार

  
कर्णाली टाइम्स बिहीबार, पुस १६, २०७७
छोरी विभु उपाध्यायलाई २० लाखको बिमा पोलिसी उपहार दिँदै तीला भण्डारी

सुर्खेत । जन्मदिनमा नगद वा महँँगो उपहार दिने सामान्य प्रचलन हो । पत्रकार तीला भण्डारीले भने  छोरी विभु उपाध्यायलाई बिमा पोलिसीको ‘सरप्राइज’ उपहार दिएकी छिन् ।

बिभुको बुधबार १२ औं जन्मदिन थियो । सो अवसरमा उनले २० लाख रुपैयाँको बिमा उपहार दिइन् । भण्डारीका अनुसार १६ वर्षसम्म उक्त बिमा पोलिसीको मूल्य ४० लाख रुपैयाँ पुग्ने छ । ‘बिमाको रकमले छोरीको भविष्यमा सघाउ पुगोस् भनेर मैले यस्तो उपहार दिएकी हुँ,’ उनले भनिन्, ‘यसबाट हरेक अभिभावकलाई आफ्ना सन्तानको भविष्यप्रति दायित्व बढाउन सन्देश प्रवाह हुने विश्वास लिएकी छु ।’ यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको उक्त बिमा पोलिसी दिएको उनले बताइन् ।