सुुर्खेत । प्रचण्ड–माधव समूह नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सुर्खेतमा शक्ति प्रर्दशन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा शक्ति प्रर्दशन गरिएको हो ।
प्रर्दशनमा सहभागीहरुले ‘संसद विघटन खारेज गर’, ‘तानाशाह केपी ओली मुर्दावाद’, ‘ओली तेरो पाराले दुःख पाए साराले जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।
वीरेन्द्रनगरको मंगलगढी चौकबाट सुरु भएको र्याली बजार परिक्रमा गर्दै पिपल चौतारामा पुगेर विरोध सभामा परिणत भएको थियो । सभामा नेकपा प्रचण्ड-माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सम्बोधन गरेकी थिईन् ।
सम्बोधनका क्रममा झाँक्रीले पार्टीभित्रका मानिसले पहिले ओलीको बारेमा वकालत गरेको र अहिले उनैको विरोध गर्नुपर्दा शत्रु हसाउँने काम जस्तो भएको बताईन् । प्रतिनिधि सभा सदस्य समेत रहेकी उनले प्रधानमन्त्री ओलीको संसद् विघटनको कदम असंवैधानिक भएको बताईन् । ओलीले विधिको शासन भन्दा पनि व्यक्तिको शासन जनता र पार्टीमाथि लाद्न खोजेको टिप्पणी उनको थियो ।
केपी ओलीले पार्टी विभाजन हुँदा ६० प्रतिशत दावी गर्नु मुर्खता भन्दै उनले प्रचण्ड–नेपाल समूह सही बाटोमा भएकाले नेकपा उसैको हातमा हातमा हुने दावी गरिन् ।