शनिबार, कार्तिक १०, २०८१

करिब १५ ग्राम लागुऔषधसहित सासू–बुहारी पक्राउ

  
कर्णाली टाइम्स मंगलबार, पुस १४, २०७७


सुर्खेत । सुर्खेतकाे वीरेन्द्रनगरबाट लागुऔषधसहित सासू-बुहारी पक्राउन परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतकाे टोलीले गएराति १० बजेतिर उनीहरुलाई करिब १५ ग्राम लागुऔषधसहित पक्राउ गरेको हो ।

वीरेन्द्रनगर–८ ईत्राम खोला नजिकैबाट उनीहरुलाई प्रहरीले ब्राउनसुगर जस्तो देखिने लागुऔषधसहित पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा २४ बर्षीय शान्ति सिंहको शरीर कोठामा खानतलास गर्दा ५ ग्राम १७० मिलिग्राम लागुऔषध भेटिएको प्रहरीले जनाएको छ । यस्तै उनकै सासु कोपिला सिंहको कोठामा खानतलासी गर्दा ९ ग्राम ८०० मिलिग्राम लागुऔषध भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कुल १४ ग्राम ९७० मिलिग्राम लागुऔषधसहित उनीहरुलाई सोमबार राति १० बजेतिर पक्राउ गरिएको हो ।

यस्तै शान्ति सिंहको साथमा रहेको २१ हजार ५०० रुपैयाँ नगद पनि बरामद् गरिएको छ । उनीहरुमाथि म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।