शुक्रबार, बैशाख ७, २०८१

टिप्परको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु

  
कर्णाली टाइम्स आइतवार, पुस १९, २०७७


सुर्खेत । टिप्परको ठक्करबाट सुर्खेतमा एकजनाको मृत्यु भएको छ । वीरेन्द्रनर–११ पिपिरा नजिक एक्अरपोर्ट चोकदेखि धुलियाबीट जाँदै गरेको ना ४ ख ९८४० नम्बरको टिप्परले पैदल यात्रीलाई ठक्कर दिएको हो ।
ठक्करबाट वीरेन्द्रनगर–११ का ६२ बर्षीय गाफर बक्सको मृत्यु भएको हो । शनिबार बेलुका ६ बजेतिर उनलाई टिप्परले ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएका उनलाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा लगिएको थियो ।
प्रदेश अस्पतालले नेपालगञ्ज रिफर गरेको थियो । नेपालगञ्जमा उपचारका क्रममा गएरति १ बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।
टिप्परका चालक भने हालसम्म पनि फरार रहेको र खोजी कार्य भईरहेको उनले जानकारी दिए ।